News

आस्थाले नागरिकको पक्षमा काम गरेको छ : सरोकारवाला

January 8, 2026

Scroll
अछामको पञ्चदेवल विनायक नगरपालिका– ६ तोलीका वडाध्यक्ष कमल रावलले निर्वाचित भएयता बधाई मात्र पाएनन्, त्यसको दोब्बर गाली पनि पाए । त्यो त्यही गाली हो, जसका कारण उनी छाउपडी, बालविवाह र जातीय विभेदविरुद्धको लडाइँमा छन् ।

आस्थाले नागरिकको पक्षमा काम गरेको छ : सरोकारवाला

टेक बहादुर थापा । सामुदायिक सहभागिता तथा बाल स्पोन्सरसिप परियोजना मार्फत संचालित गतिविधि प्रभावकारी भएको एक कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन । वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा आस्था नेपाल र वाक नेपाल द्धारा जिल्लाका ४ वटा पालिकामा संचालित कार्यक्रमहरु निकै प्रभावकारी भएको बताएका हुन । यो परियोजना जिल्लाको साफेबगर नगरपालिका, कमलबजार नगरपालिका, पंञ्चदेवल विनायक नगरपालिका र मेल्लेख गाउँपालिकामा संचालित छ । बुधबार जिल्ला परियोजना सल्लाहाकार समितिको बैठक तथा समिक्षा कार्यक्रममा सहभागि जिल्लाका सरोकारवालाले यो परियोजनालाई थप व्यवस्थित ढंगले लैजानुपर्नेमा जोड दिएका थिए । परियोजनाले लिएको लक्ष्य र उदेश्य अनुरुप नै कार्य क्षेत्रका समुदायमा काम भएको पाईएकाले यो परियोजना बाट संचालित कार्यक्रमहरु परिणमुखी समेत भएको हुदा आगामी दिनमा यसलाई निरन्तरता दिनका लागि स्थानीय सरकारले अपनत्व लिनुपर्नेमा जोड दिएकाछन । शिक्षा, पोषण, आय आर्जन, सामाजिक कुरीतिको अन्त्य र क्षमता अभिबृद्धिका क्षेत्रमा काम गर्दै आईरहेको परियोजनाले वास्तवमा समुदायका नागरिकहरुमा छुट्टै पहिचान बनाउन सफल भएको भन्दै प्रशंसा गरेका छन । जिल्ला समन्वय समिति अछामका प्रमुख तथा जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक ललित बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि अधिकांश सरोकारवालाहरुले यस्ता कार्यक्रमको दिगोपनाका लागि जिल्ला स्थित सरोकारवालाले सामुहिक योजना बनाउन आवश्यक रहेको बताएका छन । आस्था नेपाल र वाक नेपालको कार्य क्षेत्रमा जादा रुपान्तरण कक्षा मार्फत बालबालिकाको नेतृत्व र व्यक्तित्व विकास संगै दैनिक जिबनमा आईपर्ने समस्या सहजरुपमा समाधान गर्न सक्ने क्षमताको विकास गराएको, अभिभावकलाई असल अभिभावकत्व शिक्षा दिदा बालबालिका र अभिभावक वीचको सम्बन्ध सुमधुर भएको बताएका छन भने किसानहरुलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमको सिप सिकाउनुका साथै प्रविधि समेत हस्तान्रण गरि उत्पादनमा बृद्धि गराउने काम गरेको उनीहरुको भनाई थियो । यस बाट स्थानीय स्तरमा किसानहरुलाई सानो तिनो व्यवसाय गर्न सहज भएको सहभागि सरोकारवालाको भनाई छ ।
कार्यक्रममा बोल्दै मंललसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले आस्था नेपाल र वाक नेपालको कार्य क्षेत्रमा जादा आफुले अपेक्षा गरेको भन्दा राम्रो काम भएको बताउनुभयो । गैरसकारी संस्थाहरु सरकारका सहयोगी निकाय भएकाले यस्ता संस्थाहरु बाट स्थानीयहरुले बढीभन्दाबढी फाईदा लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । संस्थाका काम बाट आफु निकै प्रभावित भएको नगर प्रमुख बोहराको भनाई छ ।
साफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुवँरले गैरसरकारी संस्थाले साफेबगर नगरपालिकामा राम्रो काम गरेकै कारणले यसपाली यस्ता कार्यक्रमको दिगोपनाका लागि बजेटको दायरा समेत बढाएको बताउनुभयो । अहिले केही वडामा मात्रै यो कार्यक्रम संचालनमा रहेको हुदा आगामी दिनमा नगरका सबै वडाहरुमा लैजानका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
कार्यक्रममा बोल्दै कमलबजार नगरपालिका उप प्रमुख सारदा बिष्ट कुवँरले आफ्नो पालिकामा गैरसरकारी संस्थाहरुले निकै राम्रो काम गरेको बताउनुभयो । स्थानीय सरकार संग सिमित स्रोत साधन मात्रै हुने भएकाले धेरै कुराहरु गर्न सकिने अवस्था नरहेको भन्दै आफुले गर्न नसकेका महत्वपूर्ण कामहरु आस्था नेपाल र वाक नेपालले गरिदिएको उप प्रमुख कुवँरको भनाई थियो ।
अछामका प्रमुखजिल्ला अधिकारी आनन्द सारुले गैरसकारी संस्थाहरु सरकारका सहयोगी निकाय भएकाले सरकारले उनीहरुलाई आवश्यक्ताको आधारमा परिचालित गर्नुपर्नेमा जोडदिनुभएको छ । गैरसरकारी संस्थाहरु संग दक्ष जनशक्ति र साधन हुने भएकाले उनीहरु संग भएको स्रोतसाधन समुन्नत समाज निर्मााणमा परिचालित गर्नुपर्ने बताउनुभयो । अहिले समुदायमा बालविवाह, आत्महत्या र लागु औषध दुव्र्यसनी जस्ता समस्या सबैभन्दा बढी रहेकाले यसतर्फ बढी ध्यान दिन आवश्यक रहेको उहाको भनाई थियो ।
कार्यक्रममा सहभागि अन्य सरोकारवालाले पनि यो कार्यक्रमको प्रभावकारीता देखिएको हुदा यसलाई थप निरन्तरता दिदै स्थानीय सरकार र अन्य निकाय संग समन्वय सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा वल्र्ड भिजनका मीन बहादुर थापा, आस्था नेपालका कार्यक्रम संयोजक गणेश बोहरा, वाक नेपालका लक्ष्मीभक्त जैसी, शिवराज ढुंगाले परियोजना मार्फत भएका उपलब्धी, चुनौती र आगामी दिनमा गर्नुपर्ने कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । अप्सरा कुवँरको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन आस्था नेपालका अनुगमन अधिकृत हर्क बहादुर खड्काले गर्नुभएको थियो । कार्यक्रममा ४ वटै पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुख, किशोर किशोरी, किसान लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

 

Related News

23 JAN
नवबिस आधारभुत स्वास्थ सेवा केन्द्र का १६ स्वयंसेविका लाई उन्नत चुलो बितरण
News

नवबिस आधारभुत स्वास्थ सेवा केन्द्र का १६ स्वयंसेविका लाई उन्नत चुलो बितरण

मंगलसेन नगरपालिका वडा नं ४ नवबिसका १६ जना महिला स्वास्थ स्वयंसेविका लाई उन्नत चुलो बितरण गरिएको छ । मंगलसेन नगरपालिकाका सङ्गको समन्वय तथा लाईभ लिहुडस फण्डसको आर्थिक सहयोग मा प्राटिकल एक्सन र आस्था नेपालको सयुक्त साझेदारिमा ग्रामिण भएका लागि उन्नत चुलोको बजारिकरण परियोजना को लागि गत २६ गते गरिएको अभिमुखिकरण तथा चुलो प्रदशनीकार्यक्रम पछि आज […]

23 JAN
मेल्लेख–६, षोडषादेवी पूर्ण बालमैत्री वडा घोषणा
News

मेल्लेख–६, षोडषादेवी पूर्ण बालमैत्री वडा घोषणा

यो मेल्लेख गाउँपालिकाको तेस्रो तथा अछाम जिल्लाको चौथो CFLG वडा हो। वडालाई बालमैत्री घोषणा गर्न बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यविधि, २०७९ मा उल्लेखित सबै मापदण्डहरू पुरा गरिएको जनाइएको छ। शनिबार आयोजित घोषणा समारोहमा प्रमुख अतिथि नेपाल सरकारका पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय शेरबहादुर कुँवर थिए। कार्यक्रममा मेल्लेख गाउँपालिका अध्यक्ष, सबै […]

08 JAN
ASTHA Nepal’s Collaboration with Government and Appreciation from World Vision International Nepal
News

ASTHA Nepal’s Collaboration with Government and Appreciation from World Vision International Nepal

ASTHA Nepal has been actively working in close coordination with local, provincial, and federal governments as part of our commitment to social transformation and sustainable development. Through this collaboration, many of our project activities have been successfully integrated into the policies and budgets of various local governments for the fiscal year 2081.