News

नवबिस आधारभुत स्वास्थ सेवा केन्द्र का १६ स्वयंसेविका लाई उन्नत चुलो बितरण

January 23, 2026

Scroll
मंगलसेन नगरपालिका वडा नं ४ नवबिसका १६ जना महिला स्वास्थ स्वयंसेविका लाई उन्नत चुलो बितरण गरिएको छ । मंगलसेन नगरपालिकाका सङ्गको समन्वय तथा लाईभ लिहुडस फण्डसको आर्थिक सहयोग मा प्राटिकल एक्सन र आस्था नेपालको सयुक्त साझेदारिमा ग्रामिण भएका लागि उन्नत चुलोको बजारिकरण परियोजना को लागि गत २६ गते गरिएको अभिमुखिकरण तथा चुलो प्रदशनीकार्यक्रम पछि आज […]

मंगलसेन नगरपालिका वडा नं ४ नवबिसका १६ जना महिला स्वास्थ स्वयंसेविका लाई उन्नत चुलो बितरण गरिएको छ ।

मंगलसेन नगरपालिकाका सङ्गको समन्वय तथा लाईभ लिहुडस फण्डसको आर्थिक सहयोग मा प्राटिकल एक्सन र आस्था नेपालको सयुक्त साझेदारिमा ग्रामिण भएका लागि उन्नत चुलोको बजारिकरण परियोजना को लागि गत २६ गते गरिएको अभिमुखिकरण तथा चुलो प्रदशनीकार्यक्रम पछि आज एक कार्यक्रम बिच उन्नत चुलो बितरण गरिएको छ ।

घर भित्रको प्रदुषण धुवाजन्य रोगको नियन्त्रण
लगायतको मुख्य विशेषता रहेको उक्त उन्नत चुलोको कार्यक्रम अछाम जिल्लाको ८ वटा पालिकामा उक्त कार्यक्रम लागू भैरहेको छ ।
जसमध्ये मंगलसेन नगरपालिका एक पालिका हो ।

 

एक कार्यक्रम का बिच नवबिस आधारभुत स्वास्थ इन्चार्ज सहित १५ जना स्वयंसेविका लाई आज वडा अध्यक्ष नाम सिङ धामी बाट उक्त चुलो बितरण गरिएको हो बितरण गर्दै अध्यक्ष धामिले चुलोलाई सहि ढंग बाट प्रयोग गर्ने समेत उत्प्रेरित गर्नुभएको मार्केटिङ एजेन्ट ज्ञानिन्द्र खड्का ले जानकारी दिनु भएको छ ।

यो परियोजना ले ग्रामीण भेगका समुदायमा अभिमुखीकरण तथा चुलोप्रदर्शनी कार्यक्रम सँगसँगै यसको प्रभाबकारिका लागि कार्यक्रमहरू लाई अगाडि बढाउन गर्ने गरी काम गरिरहेको संस्था ले कार्यहरू बडाएको छ ।

करिब ६३०० बराबरको चुलो अनुदान सहितको चुलो अहिले मंगलसेन नगरपालिका का समुदाय लाई परियोजना मार्फत ३७०० प्रोत्सान स्वरुप र उपभोक्ता ले २६०० पैसा तिरेर उक्त चुलो उपलब्ध हुने फिल्ड सहायक सागर देबकोटा ले जानकारी दिनु भयो । जसमा चुलोको वारेन्टी मर्मत सम्मार परियोजनाको साझेदार कम्पनि ले गर्ने गरि परियोजना लागू भैरहेको छ । यो परियोजना २०२७ सम्म पहिलो चरण को कार्यक्रम लागू हुने जानकारी समेत दिएका छन ।

उन्नत बायुपंखी चुलो भनेको पारम्परिक चुलोको सुधारिएको स्वरूप हो, जसले परम्परागत दाउराको तुलनामा अधिक दक्षता प्रदान गर्छ।

 

Related News

12 AUG
बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
News

बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

साँफेबगरमा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण तथा बाल संरक्षणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

12 AUG
कमलबजार नगरपालिकामा नागरिक आवाज तथा कर्तव्य (CVA) सम्बन्धी परिचयात्मक बैठक सम्पन्न
News

कमलबजार नगरपालिकामा नागरिक आवाज तथा कर्तव्य (CVA) सम्बन्धी परिचयात्मक बैठक सम्पन्न

कमलबजार नगरपालिकामा नागरिक सहभागिता, सामाजिक जवाफदेहिता, सुशासन र बाल अधिकार संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले CVA सम्बन्धी परिचयात्मक बैठक सम्पन्न।

12 AUG
बाल संरक्षण तथा सचेतना कार्यक्रम
News

बाल संरक्षण तथा सचेतना कार्यक्रम

अछामको साँफेबगरमा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, बाल सुरक्षा तथा बाल संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धिका लागि ASTHA Nepal द्वारा एकदिने सचेतना कार्यक्रम सम्पन्न।