अछामको साँफेबगरमा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण तथा बाल संरक्षणसम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। ASTHA Nepal र World Vision International Nepal को साझेदारीमा सञ्चालित हातेमालो बाल कल्याण परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा बाल विवाह, लागुऔषध प्रयोग, लैंगिक हिंसा, बालश्रम, बालबालिकामाथि हुने दुर्व्यवहार तथा अनलाइन सुरक्षालगायतका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, बालबालिका तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
