बाल विकास , वाल सम्बृदी तथा बाल सरोकार सम्वन्धी रेडियो छलफल : बाल इजलास

Notice Published Date

Notice Deadline

सम्पूर्ण सर म्याम नमस्कार वल्र्ड भिजन इन्टरनेशनल र आस्था नेपालको संयुक्त साझेदारीमा सञ्चालन भईरहेको बाल स्पोन्सरसि र बाल संरक्षण परियोजना विगत लामो समयदेखि अछाम जिल्ला (पञ्चदेवल विनायक न.पा.-१,२,३,४,६,७कमलबजार न.पा.२,३,४,५साँफेबगर न.पा.०४मेल्लेख गा.पा.१-८) मा काम गरिरहेको व्यहोरा अवगत नै छ ।
सो परियोजनाले कार्यक्षेत्रका सरोकारवाला र विशेषगरी बालबालिकाको,बाल विकास ,बाल समृद्धि बाल सहभागिता लगायतका क्षेत्रमा आएको परिवर्तन ,स्पोन्सरसिपको माध्यमबाट बालबालिकाको शैक्षिक गुण स्तरमा भएको प्रगति अझै पनि बाल समृद्धिको लागि स्थानीय सरकार सरोकारवालाको भुमिका ,प्रतिवद्धता बाल बालिकाको विषयमा समग्र लगानी लगायतका विषय वस्तुको बारेमा कार्यक्षेत्रका सम्पूर्ण वडामा रेडियो सोसाइटी एफ.एम.संगको ५०%साझेदारीमा विशेष कार्यक्रम सञ्चालन हुँदैछ।यहि फागुन ५गते कमलबजार नगरपालिकाको -४ नं.वडा चाल्साबाट सुरुवात हुन गईरहेको छ ।उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख,प्रमुख जिल्ला अधिकारी ,पालिका प्रमुख उप-प्रमुखको आतिथ्यता रहनेछ ॥